ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
सांकेतिक तस्बिर

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गएराति ट्याक्टर दुर्घटना हुँदा जिल्लाको मैवाखोला गाउँपालिका – ५ फाकुम्बा–कम्साङका ३१ वर्षका पासाङ शेर्पा, २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला गाउँपालिका ४ साँघु–ओदकका २२ वर्षका शर्मिला शेर्पा र १७ वर्षका लाकी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रहरीका अनुसार मैवाखोला गाउँपालिका ४ साँघुस्थित याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा राति करिव साढे १२ बजे ट्याक्टर दुर्घटना भएको हो । 

मैवाखोला गाउँपालिका –१ तेल्लाबुङबाट सोही पालिकाको वडा नम्बर ५ काम्साङतर्फ जाने क्रममा ट्याक्टर दुर्घटना भएको बताइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरू दुई परिवारका दुई–दुई जना छन् । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ८:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया