घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुनको  प्रतितोला ९३ हजार च सय रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, यसअघि प्रतितोला ९२ हजार नाै सय रुपैयाँ रहेको तेजाबी सुनलाई आज ९२ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कायम भएकाे महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ११:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया