युनाइटेडले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा म्यानचेस्टर युनाइटेड  विजयी भएकाे छ ।

ऊ घरेलु मैदान ओल्ड ट्राफाेर्डमा टाेटेनहम हाेट्सपुरविरुद्व २-० ले विजयी भएकाे हाे । युनाइटेडलाई जित दिलाउन फ्रेड र ब्रुनाे फर्नान्डेस १/१ गाेल गरे ।

खेलकाे ४९औं मिनेटमा फ्रेडकाे गाेलमार्फत युनाइटेडले अग्रता लिएकाे थियाे । ६९औं मिनेटमा फर्नान्डेसले गाेल गरेपछि घरेलु टाेलीले २-० काे जित निकाल्याे ।

याे जितसँगै १० खेलमा १९ अंकका साथ पाँचौं स्थानमा उक्लिँदा हारका बाबजुत टाेटेनहम ११ खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

लिगअन्तर्गतकै अन्य खेलमा लिभरपुलले वेस्ह्याम युनाइटेड ,साउथ ह्यमटनले बर्नमाउथ तथा न्युकासल युनाइटेडले एभर्टनलाई समान १-० ले हराउँदा चेल्सी ब्रेन्टफाेर्डसँग गाेलरहित बराबरीमा राेकिएकाे छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार ७:५६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया