घाइतेको उपचारका लागि तलकोट गाउँपालिकाले आर्थिक सहयोग गर्ने

बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरूको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई  लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सु.प.प्र. ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार ८:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया