सेयर बजार झिनो अंकले ओरालो

सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । नेप्से परिसूचको अनुसार १.३८ अंकले घटेर १ हजार ८ सय ४४ दशमलव १४ अंकको बिन्दुमा आएर रोकिएको छ । ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्स मा ०.०९ अंकले वृद्धि भएर ३६.०५ अंकमा आएर रोकिएको छ । 

बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । बिहीबार १८३ कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मूल्य वृद्धि भएको र १० कम्पनी स्थिर रहेको छ।

अभियान लघुवित्त संस्थाको ३ करोड ६९ लाख ५२ हजार बढीको कारोबार भएको छ । गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार, एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ । 

हाइड्रो पावरको १०।९ प्रतिशत ले बढेको छ । बिन्दवासिनी हाइड्रो पावर ४।३७ ले वृद्धि भएको छ । भने विशाल बजार कम्पनीको सेयर मूल्य ४.०४ ले वृद्धि भएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १७:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया