नवौं राष्ट्रिय खेलकुद : आर्मीलाई कबड्डीमा दोहोरो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ ।

बिहीबार पोखरामा सम्पन्न पुरूषतर्फको फाइनलमा  लुम्बिनी प्रदेशलाई ४१–२० अंक र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ अंकले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । 

प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तथा महिलातर्फ लुम्बिनी प्रदेश  र नेपाल एपिएफ क्लबले कास्य पदक जितेका छन् ।

३० असोजदेखि सुरु भएको प्रतियोगितामा दुवैतर्फ ७ प्रदेश र ३ विभागीय गरी समान १० टोलीको सहभागिता थियो ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १७:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया