नेकपा एमाले अदालतले जन्माएको पार्टी : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परमादेशबाट नेकपा एमाले जन्मिएको आरोप लगाएका छन् । बागलुङको ताराखोलामा ५ दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उनले नेकपा एमाले अदालतले जन्माएको पार्टी भएको आरोप लगाएका हुन् । 

‘दुई पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी बहुमतको थियो, केपीले सेटिङमा अदालतले पुरानै अवस्थामा फर्कायो,’ उनले भने, ‘एमाले हो कि ? सरकार हो परमादेशको ?’

बागलुङका दूरदराजका जनताको पीरमर्का बुझेको बताउँदै उनले जीवनभर जनताकै पक्षमा काम गर्ने विश्वास व्यक्त गरे । 

मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै मन्त्री पौडेलले उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे । 

ताराखोला गाउँपालिकामा प्रत्येक स्थानीयको घरमा केन्द्रीय प्रसारण लाइन जडान हुने बताउँदै उनले केही समयपछि पर्यटकीय क्षेत्र ताराखोला हुने बताए । पोखराबाट सीधै ताराखोलामा पर्यटक आउने बताउँदै उनले होम स्टे, सहीदमार्गलगायतका काम चाँडै हुने बताए । 

विकासमा कुन व्यक्ति कहाँ जन्मियो भन्ने विषयले फरक नपार्ने बताउँदै उनले सबै कुरा कामले जवाफ दिने बताए । 



बागलुङ प्रदेश सभा सदस्य ‘क’का उम्मेदवार जितबहादुर शेरचनले भ्रष्टाचारले देश कंगाल बन्दै गएको बताउँदै गठबन्धनको सरकारले भ्रष्ट्राचार न्यूनीकरणमा काम गर्ने बताए । मानवविकास सूचकांक वृद्धिले मात्रै देशको विकास हुने उनले बताए । 

आयआर्जन गर्न नसक्ने कृषिकर्मले जनताको जीवनस्तर माथि नउढ्ने भन्दै शेरचनले आफूहरुले योजनाबद्ध रुपले कामगर्ने विश्वास व्यक्त गरे । 



  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १९:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया