बेलायती प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्री नियुक्त भएको डेढ महिनामै राजीनामा गरेकी छिन् ।
उनलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ ।
सो पार्टीका अध्यक्ष ग्राहम ब्राडीले भनेका छन्, ‘अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ।’
त्यसैले ३१ अक्टोबरमा हुने वित्तीय विवरणअघि नै नयाँ नेता बनाउनुपर्ने अध्यक्ष ब्राडीको भनाइ छ ।
ट्रसले आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै राजीनामा दिएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।