एस्टन भिल्लाका प्रशिक्षक जेरार्ड बर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ । लिगअन्तर्गत गएराति फुलहमसँग ३–० ले पराजित भएपछि एस्टनले जेरार्डलाई बर्खास्त गरेको हो ।

उनी ११ महिनामै बर्खास्तमा परेका हुन् । जेरार्ड २०२१ को नोभेम्बरमा एस्टन भिल्लाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । 

उनको नेतृत्वमा एस्टनले ४० खेलमा मात्र १३ जित निकाल्न सक्यो । क्लब हाल प्रिमियर लिगको १७ औं स्थानमा छ ।
 





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार ८:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया