आयरल्याण्ड विश्वकपको सुपर-१२ मा, बाहिरियो दुईपटकको विजेता वेस्ट इण्डिज

अस्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपमा आयरल्याण्डले वेस्ट इण्डिजलाई ९ विकेटले हराएको छ । यो जितसँगै आयरल्याण्ड समूह ‘बी’ बाट सुपर–१२ मा प्रवेश गरेको छ । दुईपटकको विश्व विजेता वेस्ट इण्डिज भने समूह चरणबाटै बाहिरिएको छ । 

शुक्रबार भएको खेलमा वेस्ट इण्डिजले दिएको १ सय ४७ रनको लक्ष्य आयरल्याण्डले १७.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर पउल स्टर्लिङले शानदार पारी खेले । 

४८ बलको सामना गरेका उनले दुई छक्का र ६ चौकाको मद्दतमा अविजित ६६ रन बनाए । त्यस्तै, लोर्कान टकरले अविजित ४७ र कप्तान एन्डी बलबर्नीले ३७ रनको योगदान दिए । वेस्ट इण्डिजका लागि अकिल होसेनले मात्र एक विकेट लिन सके । 

त्यसअघि होबार्टस्थित बेलेरिभ ओभलमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनायो । उसका लागि ब्रेण्डन किंगले अर्धशतकीय पारी खेले । ४८ बलको सामना गरेका उनले ६ चौका र एक छक्कासहित अविजित ६२ रन बनाए ।  

त्यस्तै, जोनसन चार्ल्सले २४, ओडेन स्मिथले अविजित १९, इभन लुईस र कप्तान निकोलस पूरनले १३/१३ रन जोडे । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले तीन, सिमी सिंह र ब्यारी म्याकार्थीले एक/एक विकेट लिए ।  





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार १३:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया