इंग्ल्याण्डका फास्ट बलर रिस टोप्लीले चोटका कारण अस्ट्रेलियामा हुने टी–२० विश्वकप गुमाउने भएका छन् । उनले घुँडाको चोटका कारण टी–२० विश्वकप गुमाउने भएका हुन् ।
यो इंग्ल्याण्डका लागि ठूलो झट्का हो । ब्रिस्बेनमा सोमबार पाकिस्तानसँग खेल्नुअघिको अभ्यासका क्रममा २८ वर्षीय टोप्लीको घुँडामा चोट लागेको थियो । स्क्यानमा उनको चोट गम्भीर देखाएको छ ।
उनको स्थानमा बायाँ हाते फास्ट बलर टिमल मिल्सलाई इंग्ल्याण्डको टोलीमा समावेश गरिएको छ । खुट्टाको चोटका कारण मिल्सले अगस्टदेखि कुनै खेल खेलेका छैनन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘घाइते रिस टोप्लीको स्थानमा इंग्ल्याण्डको टोलीमा टिमल मिल्सलाई समावेश गरिएको छ ।’
इंग्ल्याण्डले आफ्नो पहिलो खेल शनिबार अफगानिस्तानसँग खेल्ने छ । टोप्ली यो वर्ष २० अन्तर्राष्ट्रियमा इंग्ल्याण्डका सबैभन्दा सफल बलर हुन् । उनले १६ खेलमा १७ विकेट लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।