तीन महिनामा नेपाल भित्रियो १ खर्ब ८७ अर्बभन्दा बढी रेमिट्यान्स

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा विभिन्न देशबाट १ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि असोज मसान्तसम्म नेपालमा कुल १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो । पछिल्लो तीन महिनामा अमेरिकी डलरमा रेमिटेन्स ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५.३ प्रतिशतले घटेको थियो । 

गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ । 

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार १६:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया