नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सेनाले आज ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
सेनाले सैनिक मुख्यालय जंगी अड्डामा रहेको खेल मैदानमा अन्य सुरक्षा फौजको समेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र ब्याण्ड प्रदर्शन गर्यो ।
त्यस अवसरमा काठमाडौं उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय–विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो ।
प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पाँच किलोमिटर वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
‘यूएन डे’का अवसरमा सेनाले भोलि सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य तथा भावी सवल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।