विरोध खतिवडामाथि महेश बर्तौलाको आरोप : चुनाव जितेपछि जनतामाझ आएनन्, पार्टीलाई धोका दिए

नेकपा एमालेका बागमती प्रदेशका उपसचिव तथा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेशकुमार बर्तौलाले विरोध खतिवडाले यसअघिको निर्वाचन जितेर जनतासँग बेखबर भएको ओप लगाएका छन् ।

एमाले मनहरी गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा बोल्दै बर्तौलाले मनहरीका मतदातासँग खतिवडाले गरेको गल्तीका विषयमा आफूले माफी माग्ने बताए । 

आफू स्कुले जीवनदेखि नै विद्यार्थी राजनीति गरेको र पहिलोपटक जनताको बीचमा मत माग्न आएको बर्तौलाले बताए । आफूलाई जनताले विश्वासको मत दिएर जिताएको खण्डमा असाधारण काम गरेर युवाले जित्दा कस्तो काम गर्छ भन्ने सबैले महसुस गराउने दाबी गरे । 

२०७४को निर्वाचन जितेका खतिवडाले राक्सिराङ र कैलाश​मा एक टुक्रा पनि कालोपत्रे नगरेको उनको आरोप छ । आफूले जितेमा मनहरी डाँडाबास सडक कालोपत्रे गरेर यहाँका उत्पादनलाई मनहरी, नारायणघाट तथा हेटौंडाको मुख्यबजार पुर्याएर जनतामा आर्थिक सम्मुन्नति ल्याउने उनको दाबी छ । पाँचवर्षे कार्यकालमा हेटौंडामा बन्द उद्योग सञ्चालन गरेर २ हजार युवा श्रमशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्ने उनले बताए ।
 
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षी गठबन्धनले राज्यको ढुकुटीबाट ४ करोड निकालेर परेवाभीरको नाममा झ्वाम पारेको आरोप लगाए । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार २०:२१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया