मत माग्न लमजुङका गाउँ-गाउँमा उम्मेदवार

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न गाउँगाउँ पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् । 

नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेको बताए । 

लमजुङमा सत्ता गठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन् । गठबन्धनबाट प्रतिनिधिसभामा माओवादीले र प्रदेश सभा ‘क’ र ‘ख’मा कांग्रेसले उम्मेदवारी दिएको छ। 

नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचन केन्द्रित भेला तथा कार्यक्रमहरू भइरहेको बताए । प्रदेश सभा ‘ख’का उम्मेदवार पनि भएकाले मतदातासँगको भेटघाटलाई तीव्र पारेको उनले बताए । 

प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा (क)मा एमालेका जमिन्द्रमान घले र कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा (ख)मा एमालेका कृष्णप्रसाद अधिकारी र कांग्रेसका भेषबहादुर पौडेल चुनावी मैदानमा छन् । 



प्रतिनिधिसभामा एकजना स्वतन्त्रसहित ११ जना उम्मेदवार छन् । प्रदेश सभा (क)मा पाँचजना र प्रदेशसभा (ख)मा छजना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार २१:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया