आयोगले हटायो निर्वाचनको मौन अवधि

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न पाउने बताएका छन् । 

आइतबार ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सञ्चारमाध्यमको भूमिका’ विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनारलगायत प्रचारबाजी गर्न नहुने उनले बताए । 

उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समयसीमा तोकेकाले समयसीमाभित्र रहेर प्रचारप्रसार गर्न उचित हुने उनले बताए । 

यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आए पनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए । 

सञ्चारजगत् र निर्वाचन आयोग एउटै सिक्काका दुई पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने उनले बताए । 

आगामी निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको आयुक्त भण्डारीले बताए । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार २०:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया