कोरोनाको नयाँ सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।

गत २१ साउन देखि १४ असोजसम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाको छनौट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।  

अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । एक्सबीबी अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७९ साेमबार ७:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया