कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैया शिविरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गएराति लक्ष्मी पूजाको दिन बत्ती बाल्ने क्रममा अण्डैयाका ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरको कोठामा बत्ति बाल्ने क्रममा बायाँ हातमा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।