तिहारः कुन राशीले के सपिङ गर्ने ?

नेपाली हिन्दूहरुको दोस्रो ठूलो चाड मानिने तिहार  । यो पर्वका कारण हामीमा सुख तथा समृद्धि आउने विश्वास गरिन्छ । विशेषगरि लक्ष्मी देवीमा समर्पित हुने भएकाले यो पर्वमा सुन चाँदी खरिद गर्नेहरुको संख्या बढी हुन्छ । 

तर, तिहारमा कुनै पनि वस्तु खरिद गर्दा राशीलाई ख्याल गर्ने हो भने अझ राम्रो हुने मानिन्छ । त्यसैले विभिन्न ज्योतिषीहरुले तयार पारेको यो सामाग्रीमा कुन राशीले तिहारको अवसरमा के खरिद गर्ने भन्ने उल्लेख गरिएको छ । 

मेषः मेष राशीहरुले यस पटकको दिपावलीमा तामाका भाँडा खरिद गर्नु राम्रो हुनेछ । यो दिपावलीमा मेष राशी हुनेहरुले रातो रंगको लक्ष्मीको प्रतीमा किनेर त्यसमा पूजा गर्दा अझ राम्रो हुने मानिएको छ । 

वृषः यो वर्ष वृष राशी हुनेहरुले दिपावलीमा चम्किलो वस्तु खरिद गर्दा राम्रो हुन्छ । चाँदी अथवा हिराको गहना यो वर्ष खरिद गर्दा वृष राशी हुनेहरुलाई धेरै लाभ मिल्छ । उनीहरुले चाँदीको रंगको लक्ष्मीको प्रतिमामा पूजा गर्न सक्छन् । 

मिथुनः मिथुन राशी हुनेहरुले केही किन्ने सोचिरहेका छन् भने उनीहरुलाई काँसको भाँडा किन्न उपयुक्त हुने सुझाव छ । उनीहरुले हरियो रंगबाट सज्जित लक्ष्मीको पूजा गदा अझ समृद्धि आउने विश्वास छ । 

कर्कटः कर्कट राशी हुनेहरुले लक्ष्मीलाई प्रसन्न बनाउन यो दिपावलीमा चाँदीका भाँडा खरिद गर्नु राम्रो हुन्छ । त्यस्तै कर्कट राशी हुनेहरुले पूजाघरमा चाँदी रंगको लक्ष्मी प्रतिमालाई पूजा गर्दा राम्रो हुने मानिएको छ ।



सिंहः पूरै वर्ष मंगलमय रुपमा व्यतित होस् भन्नका लागि सिंह राशी हुनेहरुले यस वर्ष तामा वा सुन जडित भाँडाहरु किन्दा राम्रो हुन्छ । उनीहरुले सुनौलो रंगको लक्ष्मी प्रतिमामा पूजा गर्दा अझ बढी फाइदा पुग्ने बताइएको छ । 

कन्याः कन्या राशी हुनेहरुले यो वर्ष सुख तथा समृद्धिका लागि काँसका भाँडा किन्नु फाइदाजनक हुन्छ । उनीहरुले गणेश तथा लक्ष्मीको स्थापनाका लागि हरियो रंगलाई प्राथमिकता दिँदा राम्रो हुन्छ । 



तुलाः तुला राशी हुनेहरुले यो वर्ष विद्युतीय सामाग्री तथा चाँदीका भाँडा किन्दा राम्रो हुन्छ । यो राशी हुनेहरुका लागि प्लास्टर अफ पेरिसको लक्ष्मी प्रतिमा राम्रो हुने मानिएको जछ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुले यो वर्ष तामाको भाँडा वा सुनको गहना किन्नु उत्तम छ । मुगा वा रातो रंगबाट जडित लक्ष्मीको प्रतिमामा उनीहरुले पूजा गर्नु राम्रो हुनेछ ।

धनुः दिपावलीमा धनु राशी हुनेहरुले सुनको गहना तथा पित्तलको भाँडा किन्दा राम्रो हुने मानिएको छ । पूजाका लागि उनीहरुले सुनौलो लक्ष्मीको प्रतिमा प्रयोग गर्दा हुन्छ ।

मकरः मकर राशी हुनेहरुका लागि यो वर्ष विद्युतीय सामाग्री खरिद गर्र्दा राम्रो हुने मानिएको छ । उनीहरुले फलामका भाँडा पनि किन्न सक्छन् । 

कुम्भः कुम्भ राशी हुनेहरुले यो वर्ष दिपावलीको अवसरमा सवारी साधन खरिद गर्दा राम्रो हुने मानिएको छ । योसँगै मिश्रित धातुहरुबाट बनेको भाँडाले पनि राम्रो हुनेछ । दिपावलीका लागि उनीहरुले अनेक रंगबाट सजिएका लक्ष्मी गणेश प्रतिमा राख्दा हुन्छ ।

मीनः मीन राशी हुनेहरुका लागि यो वर्ष पित्तलका भाँडा खरिद गर्नु राम्रो हुने मानिएको छ । सुन तथा चाँदीका गहनाले खरिद गर्दा पनि राम्रो हुने मानिएको छ । लक्ष्मी प्रतिमाचाहिँ सुनौलो हुँदा धेरै लाभ हुने ज्योतिषीहरुले बताएका छन् । 

  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार ७:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया