तिहारः यी पाँच ठाउँमा बत्ती बाल्न नर्बिसिनुस्

तिहार अर्थात् दीपावली ।

हामीले घरमा बत्ती बाल्दा केही यस्ता ठाउँहरु छन् जहाँ हामीले दीपावली गर्न चाहिँ भुल्नु हुँदैन । हाम्रो धर्मशास्त्रमा भएअनुसार यी पाँच ठाउँमा बत्ती बाल्न नभुल्ने हो भने हामीलाई लक्ष्मीको कृपा रहन्छ । 

सबैभन्दा पहिले त घरको मुख्य ढोकामा दीपावली गर्नु आवश्यक हुन्छ । यसलाई लक्ष्मीको आगमन हुने ठाउँका रुपमा लिइन्छ । 

त्यस्तै, घरमा हामीले पैसा राख्ने ठाउँमा पनि बत्ती बाल्नै पर्ने हुन्छ । यस्तो ठाउँमा बत्ती बाल्न बिर्सिदा लक्ष्मीको ठूलो साथ नरहने विश्वास गरिँदै आएको छ ।

हामीले दीपावलीमा हाम्रो ग्यारेज वा गाडी राख्ने ठाउँमा पनि दीपावली गर्नु आवश्यक छ । तर, यसरी बाइक, गाडी वा अरु कुनै सवारीसाधन भएको ठाउँमा बत्ती बाल्दा अलिक होसियारी अपनाउनु पर्ने हुन्छ ।

घरमा पानी आउने ठाउँमा पनि बत्ती बाल्नुलाई निकै राम्रो मानिन्छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार ७:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया