किन बारम्बार विवादमा आउँछिन् ऋषि सुनककी पत्नी ?

लिज ट्रसले ४५ दिनमा नै राजीनामा दिएपछि बेलायतमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन्, ऋषि सुनकले ।

सुनक राजनीतिमा आउँदा देखि नै उनकी पत्नी अक्षता पनि बारम्बार चर्चामा आएकी थिइन् । कतिपय सन्दर्भमा त उनी विवादमा पनि आउने गरेकी थिइन् । 

अक्षता मूर्ति इन्फोसिस कम्पनीकी फाउन्डर नारायण मूर्तिकी छोरी हुन् । सन् २०२२ मा मात्र उनले इन्फोसिसबाट १ सय २६ करोड भारतीय रुपैयाँ फाइदा लिएकी थिइन् । 

यो कम्पनीमा उनको ०.९३ प्रतिशतमात्र सेयर रहेको छ । मंगलबार सेयर बजारको हिसाबअनुसार अक्षताको नाममा यो कम्पनीको ५९५६ करोड भारतीय रुपैयाँ कूल सम्पत्ति रहेको छ ।

तर, जब ऋषि सुनक चुनावमा लड्छन्, तब उनकी पत्नीको चर्चा बेलायतमा चल्छ । अक्षताले भारतमा लिएको यो नाफाको कर बेलायतमा नबुझाउने भएकाले उनी बारम्बार विवादमा तानिने गरेकी हुन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १९:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया