चितवनमा ट्याङ्करले ठक्कर दियो, मोटरसाइकल चालकको मृत्यु

पूर्वी चितवनमा एक ट्याङकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

भानु चोकमा एक ट्याङ्करले ठक्कर दिँदा ना ३५ प ८७५६ नम्बरको मोटरसाइकलमा रहेका झापा घर भएका सुमन लुइँटेलको मृत्यु भएको हो । उनी हेटौंडाबाट गैंडाकोट आफन्तको घरमा जाँदै थिए ।

प्रहरीले ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १९:४९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया