निर्वाचन आयोगलाई भीम रावलको प्रश्न : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला?

नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगको चेतावनीपछि असन्तुष्टि जनाएका छन् । आयोगले मंगलबार झुठा पेज र ग्रुप बनाएर दलका नेताविरुद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको थियो । 

आयोगको यो चेतावनीपछि नेता रावलले असन्तुष्टि जनाएका हुन् । ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला?,’ रावलले ट्विटरमा प्रश्न गरेका छन् ।

आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरुद्ध रहेको उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार ११:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया