चीनका १५२ सहरमा अझै छ लकडाउन

अब कोरोनाभाइरसका कारण भएको लकडाउन विश्वभर नयाँ जस्तो सुनिन थालिसकेको छ । विश्वभर आएको कोरोनाभाइरसको भ्याक्सिनदेखि लिएर जनजीवन यसका कारण सहज भइसकेको छ । 

तर, चीनमा अझै पनि १ सय ५२ सहरमा लकडाउन रहिरहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

चीनमा तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका सी जिनपिङले पनि शून्य कोरोनाभाइरस नभएसम्म कुनै नीतिमा परिवर्तन नल्याउने घोषणासमेत गरेका छन् ।

बिबिसीका अनुसार चीनका १ सय ५२ सहरमा आंशिक तथा पूर्ण लकडाउन रहेको छ । यसका कारण २८ करोडभन्दा धेरै मानिस प्रभावित भएको पनि बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार चीनको बेइजिङकै कतिपय ठाउँमा पनि अहिले पनि लकडाउन जारी छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार १७:१९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया