क्यान्सर हुनसक्ने भन्दै युनिलिभरले लियो डोभ स्याम्पू फिर्ता

विश्व चर्चित कम्पनी युनिलिभरले आफ्नो डोभ तथा ट्रेसेमे नामका दुई स्याम्पूहरुलाई बजारबाट समेत फिर्ता मागेको छ । 

कम्पनीले यी स्याम्पूहरुमा क्यान्सरको कारक तत्व केमिकल बेन्जेन भएको भन्दै फिर्ता लिने निर्णय गरेको बताइएको छ । शुक्रबार एक विज्ञप्ति निकाल्दै यो जानकारी कम्पनीले दिएको हो ।

कम्पनीले अक्टोबर २०२१ भन्दा अगाडि बनेका सबै स्याम्पू फिर्ता लिने जनाएको छ । कपालमा धेरै चायाँ परेको अवस्थामा यी स्याम्पूहरु प्रयोगमा लिइने गरिएको थियो ।

गत वर्ष नै यी स्याम्पूहरुमा क्यान्सरको कारक तत्व रहेको एक रिसर्चले पाएको थियो ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार १८:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया