शानदार जितका साथ पाेर्टाे च्याम्पियन्स लिगकाे अन्तिम १६ मा

युइएफए च्याम्पियन्स लिगमा पाेर्चुगिज क्लब पाेर्टाे विजयी भएकाे । ऊ गएराति समूह `बी´ अन्तर्गतकाे खेलमा बेल्जियमकाे क्लब ब्रुगविरुद्ध ४–० ले विजयी भएकाे हाे ।

याे जितसँगै पाेर्टाेले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेकाे छ । ब्रुगकाे घरेलु मैदान जान ब्रेडेलमा पाहुना टाेलीलाई सहज जित दिलाउन मेहदी तारेमी २ तथा इभानिल्सन र स्टीफन युस्ताक्वियाेले १–१ गाेल गरे ।

खेलकाे ३३औं मिनेटमा तारेमीकाे गाेलमार्फत पाेर्टाेले अग्रता लिएकाे थियाे । ५७औं मिनेटमा इभानिल्सनले टाेलीकाे अग्रता दाेब्बर बनाए

६०औं मिनेटमा युस्ताक्वियाेले गाेल गर्दा पाेर्टाे ३-०ले अघि बढ्याे । ७०औं  मिनेटमा तारेमीले व्यक्तिगत दोस्रो गाेल गर्दै पाहुना टाेलीलाई ४-० काे फराकिलाे जित दिलाए ।

याे जितसँगै ५ खेलमा ९ अंक जाेडेकाे पाेर्टाे दोस्रो स्थानमा रहँदा हारका बाबजुत समान खेलमा १० अंकका साथ ब्रुग शीर्ष स्थानमा कायम छ । यही समूहकाे अर्काे खेलमा बायर लिभरकुसेनसँग २–२ काे बराबरीमा राेकिएपछि एथलेटिकाे मड्रिड बाहिरियो ।

याे नतिजासँगै एथलेटिकाे ५ खेलमा ५ अंक जाेडेर तेस्रो स्थानमा रहँदा लिभरकुसेन समान खेलबाट ४ अंकका साथ पुछारमा छ ।



लिगअन्तर्गतकै समूह `डी´ काे खेलमा फ्रान्कफुर्टले मार्सेलीलाई २–१ ले पराजित गर्दा टाेटेनहम स्पाेर्टिङ सिपीसँग १-१ काे बराबरीमा राेकिएकाे छ ।



  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार ८:८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया