भारतीय पैसामा लक्ष्मी गणेशको प्रतीक राख्न अरविन्दले लेखे मोदीलाई पत्र

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार एक ट्विट गर्दै आफूले भारतीय पैसामा लक्ष्मी तथा गणेशको तस्वीर राख्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी नै लेखेको जानकारी दिएका छन् । 

केजरीवालले पत्रलाई ट्विटरमा राखेका छन् ।

उनले भारतीय पैसामा महात्मा गान्धीका साथसाथै गणेश र लक्ष्मीको पनि तस्वीर राख्न माग गरेका छन् । उनले पत्रमा भारत यतिका वर्षपछि पनि निकै गरिब भएको र किन भन्ने प्रश्न उठ्ने जनाएका छन् ।

दुई दिनअघि पत्रकार सम्मेलन गर्दै केजरीवालले यही माग राखेका थिए । उनले सबैभन्दा ठूलो मुस्लिम देशका रुपमा चिनिएको इन्डोनेसियालेसमेत आफ्नो पैसामा गणेशको तस्वीर राखेको भन्दै भारतमा पनि यसको थालनी गर्नु पर्ने बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७९ शुक्रबार १६:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया