नेपाली कांग्रेसका काठमाडौं–४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले फेरि स्पष्टिकरण सोधेको छ ।
यसअघि जुन विषयमा स्पष्टिकरण सोधिएको थियो, त्यही विषयमा यसपटक पनि आयोगले स्पष्टिकरण सोधेको हो । यसअघि आयोगले सोधेको स्पष्टिकरणको जवाफमा थापाले सार्वजनिक कार्यक्रममा जवाफ दिएका थिए ।
यसअघि थापाले सामाजिक सन्जाल फेसबुकमा डेंगी परीक्षण निःशुल्क गर्ने र आफूहरु टोलटोलमा आउने सन्देश दिँदै एक भिडियो राखेका थिए । त्यही भिडियोको आधारमा आयोगले उनलाई स्पष्टिकरण सोधेको थियो ।
यसको जवाफमा थापाले एक सार्वजनिक कार्यक्रममा आफूले यस्तो गल्ती बारम्बार गर्ने बताएका थिए ।
यही आधारमा आयोगले उनलाई फेरि स्पष्टिकरण सोधेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।