अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपमा आज एक खेल हुने तालिका छ । आज न्यूजिल्याण्ड र श्रीलंका खेल्दै छन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ देखि सिड्नीमा सुरु हुनेछ ।
न्यूजिल्याण्ड जारी विश्वकपमा दोस्रो जित निकाल्न चाहन्छ । उसले पहिलो खेलमा आयोजक अस्ट्रेलियालाई ८९ रनले हराएको थियो । दोस्रो खेलमा भने न्यूजिल्याण्डले वर्षाका कारण अफगानिस्तानसँग अंक बाँड्यो । श्रीलंकाले पहिलो खेलमा आयरल्याण्डलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने ऊ अस्ट्रेलियासँग ७ विकेटले पराजित भयो ।
श्रीलंका न्यूजिल्याण्डलाई हराउँदै लयमा फर्कन चाहन्छ । न्यूजिल्याण्ड भने आफ्नो लय कायमै राख्ने सोचमा छ । जारी विश्वकपमा श्रीलंकन टोलीको कप्तानी अलराउन्डर दासुन शानाकाले गरिरहेका छन् । गत संस्करण उपविजेता न्यूजिल्याण्डको नेतृत्व भने केन विलियम्सनले नै गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।