कालिकोटमा बम विस्फोट, २ बालिकाको मृत्यु, ३ गम्भीर घाइते
साङ्केतिक तस्वीर

कालिकोटको एक कोदोबारीमा बम विस्फोट हुँदा २ बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । ३ जना बालबालिका गम्भीर घाइते भएका छन् ।

घटना तिलागुफा नगरपालिका १० मा पर्ने रानावाडाको हो । कोदोबारीमा बम विस्फोट नयाँ बम हो या पुरानो हो भन्ने खुलेको छैन । 

त्यही ठाउँमा खेलिरहेका ४ वर्षकी झरना थापा र सरस्वती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

गम्भीर घाइते हुनेमा ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा र ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

उनीहरु खेलिरहेको स्थानमा अचानक बम विस्फोट भएको प्रहरीले जनाएको छ । 

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १३:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया