कांग्रेसको संकल्पः ५० युनिट विद्युत् निःशुल्क, प्रत्येक ५० किलोमिटरमा चार्जिङ स्टेसन

नेपाली कांग्रेसले अबको पाँच वर्षमा ५० युनिट विद्युत् निःशुल्क गर्ने लक्ष्य लिएको छ ।

शनिबार पार्टी कार्यालयमा सार्वजनिक भएको कांग्रेसको चुनावी घोषणा पत्रमा यो लक्ष्य लिएको उल्लेख गरिएको हो । घोषणा पत्रमा विद्युतीय प्रसारण लाइनको निर्माणमा उल्लेख्य प्रगति गर्दै आगामी पाँच वर्ष भित्र कूल जडित क्षमता १० हजार मेगावाट पुर्याउने र प्रत्येक नेपालीको घरमा बिजुली पुर्याएर औसत प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १२ सय किलोवाट आवर पुर्याउने लक्ष्य कांग्रेसले लिएको उल्लेख गरिएको छ ।

‘विपन्न परिवारले प्रयोग गर्ने विद्युत्को हकमा मासिक ५० किलोवाट आवरसम्म निःशुल्क दिइने छ,’ घोषणा पत्रमा उल्लेख गरिएको छ, ‘परम्परागत इट्टाभट्टालाई विद्युतीय भट्टाले, ग्याँस चुलोलाई विद्युतीय चुलोले विस्थापित गर्दै लगिने छ ।’

घोषणा पत्रमा नयाँ पेट्रोल पम्पहरुमा विद्युतीय चार्जिब स्टेसन राख्न अनिवार्य गरिने र हरेक ५० किलोमिटर सडक खण्डमा कम्तिमा एक चार्जिङ स्टेशन हुने व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ ।

कांग्रेसको घोषणा पत्रमा पाँच वर्षभित्र सबै महानगरहरुमा अधिकांश गाडी विद्युतीय हुने योजना ल्याइने योजना लिइएको छ ।






  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १४:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया