दार्चुला घटनामा ओलीको प्रधानमन्त्रीलाई प्रश्न– मौनता कहिलेसम्म ?

भारतले महाकालीपारि सडक विस्तार गर्दा विस्फोट गर्ने क्रममा ढुंगा उछिट्टिएर नेपाली बालक पवन महराको ज्यान गएको घटनामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रश्न गरेका छन् ।

सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्– मौनता कहिलेसम्म ?

शुक्रबार दार्चुलास्थित महाकालीपारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिटिएर आएको ढुंगाले लागेर १४ वर्षीय पवन महराको मृत्यु भएको थियो ।

ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय घाइते समेत भएका थिए ।

‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ उनले भने, ‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म रु’





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १६:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया