पहिले मधेसी समुदायले मात्रै मनाउने गरेको छठ पर्वलाई बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो केही वर्षयता महत्वका साथ मनाउने गरिएको छ। यसैअनुरुप हेटौंडा १ राप्ती नदी बगरमा छठ पूजाको तयारी सम्पन्न भएको छ ।
साँझको समयमा राप्ती बगर शृङ्गार र झिलिमिली बत्तीले झकिझकाउ देखिएको छ । राप्तीतट सम्याएर ६ सय फिट लामो पण्डाल निर्माण गरिएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको सडकखण्डबाट राप्तीतटतर्फ जाने बाटामा टेन्ट र ध्वजासहितको गेटहरू निर्माण गरिएको छ।
पूजा अवलोकन गर्न आउने पर्यटकका लागि विभिन्न कलात्मक मूर्तिहरू सजाइएको छ भने सेल्फी जोन निर्माण गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।