एमालेका दुई उम्मेदवारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतोसँग स्पष्टीकरण सोधेको छ । 

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर–३ मा नेकपा एमालेकी उम्मेदवार महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

त्यस्तै, आयोगले प्यूठानका उम्मेदवार सूर्य थापासँगसमेत २४ घण्टे स्पष्टीकरण सोधेको छ । थापाले बालबालिकाको प्रयोग गरी चुनावी गीत गाउन लगाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । 

उनीहरु दुवैजना नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।  





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार २०:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया