भारतीय पक्ष र मृतक पवन महराका परिवारबीच सहमति
फाइल तस्वीर ।

महाकालीपारि सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले लागेर मृत्यु भएका दार्चुलाका १२ वर्षका पवन महराको परिवारलाई भारतीय कम्पनीले क्षतिपूर्ति दिने भएको छ ।

भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गर्दै मृतकका परिवारलाई १६ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति दिने भएको हो ।

शनिबार भारतीय कम्पनी र मृतक महराका परिवारबीच सहमति भएको हो । छलफलमा भारतीय कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययका अनुसार शनिबार दिनभर भएको छलफलबाट सहमति जुटेसँगै अब बालकको पोष्टमार्टम गरिने छ । पोष्टमार्टमका लागि शुक्रबार राति नै शव जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ ।

भारतले तावाघाट(लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर व्यास गाउँपालिका(२, दुम्लिङ अरतौलीका १२ वर्षीय बालक महराको शुक्रबार मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार २१:११:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया