रवीन्द्र मिश्रको प्रश्न : माओवादीले मान्छे मार्न हुने, राजाले गल्ती गर्नै नहुने ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘ज्यानमारा’को संज्ञा दिएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले दाहालमाथि माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप लगाएका हुन् । पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे । 

मुलुकमा राजाको आवश्यकता औँल्याउँदै वरिष्ठ उपाध्यक्ष मिश्रले मान्छे मार्न हुने, तर राजाले गल्ती नै गर्न नहुने ? भनी पटक–पटक प्रश्नसमेत गरे । मुलुक भूराजनीतिको भूमरीमा पर्ने उल्लेख गर्दै उनले त्यसलाई जोगाउन पनि राजा र राजसंस्था मुलुकका लागि अति आवश्यक रहेको जिकिर गरे । 

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्याएको भन्दै त्यसको विकल्पमा आगामी निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आममतदातालाई आग्रह गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलले मुलुकमा लुट मात्रै मच्चाएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई आममतदाताले जिताउनुपर्ने बताए । राप्रपा कांग्रेस र कम्युनिष्टहरुलाई चुनौती दिन सक्ने शक्तिको रुपमा आएको उनको दाबी छ । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार २१:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया