दक्षिण कोरियाको राजधानी सिओलमा हलोइन मनाउने एक कार्यक्रममा भएको भागदौडमा कम्तिमा पनि १ सय २० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सन्चारमाध्यमले सयभन्दा बढी मानिसहरु घाइते भएको जनाएका छन् ।
त्यहाँ सयौँको संख्यामा उद्धारकर्मी खटाइएको छ ।
उक्त क्षेत्रमा अहिले तनाव भएकाले घाइते वा मृतकको संख्या एकिन हुन नसकेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।
विदेशी नागरिकहरु दर्जनौँको संख्यामा अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको महामारीपछि यो दक्षिण कोरियामा भएको पहिलो मास्कविनाको कार्यक्रम थियो ।
यसबारे थप जानकारी आउने क्रममा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।