लिग वानमा पिएसजीको रोमाञ्चक जित

फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित दर्ता गरेको छ । उसले घरेलु मैदानमा ट्रोयसविरुद्ध ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । 

पार्क डेस प्रिन्सेसमा खेलको तेस्रो मिनेटमै टमामा बाल्दको गोलमार्फत ट्रोयसले सुरुवाती अग्रता लिएको थियो । २३ औं मिनेटमा कार्लोस सोलरले पिएसजीलाई १–१ को बराबरीमा ल्याए ।

५२औं मिनेटमा बाल्दले ब्यक्तिगत दोस्रो गोल गर्दैं ट्रोयसलाई २–१ ले अघि बढाए । ५५ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दा घरेलु टोली २–२ को बराबरीमा आयो ।

६२औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजी लाई ३–२ ले अघि बढाए । ७७औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दा पिएसजी अग्रतालाई ४–२ को अवस्थामा पुग्यो ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा एनी पलाभर्साले गोल गर्दै ट्रोयसलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा घरेलु टोलीले ४–३ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै १३ खेलमा ३५ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायम रहँदा पराजित ट्रोयस समान खेलबाट १३ अंकका साथ ११औ स्थानमा छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ६:४७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया