लिभरपुल घरेलु मैदानमै स्तब्ध

इंग्लिस प्रिमियर लिगमा लिभरपुुल पराजित भएको छ । गएराति सम्पन्न खेलमा ऊ घरेलु मैदानमै लिड्स युनाइटेडसँग २–१ ले पराजित भएको हो ।

एनफिल्डमा खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । 

८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लीले गोल गर्दै पाहुना टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितसँगै १२ खेलमा १२ अंक जोडेको लिड्स १५ औं स्थानमा उक्लिँदा पराजित लिभरपुल समान खेलबाट १६ अंका साथ नवौं स्थानमा छ ।

लिगअन्तर्गकै अन्य खेलमा म्यानचेस्टर सिटी, न्युकासल युनाइटेड, टोटेनहम र क्रिस्टल प्यालेसले पनि जित हात पारेका छन् । त्यस्तै, चेल्सीले ब्राइटनसँग पराजय बेहोर्दा ब्रेन्टफोर्डले उल्भ्स तथा फुलहमले एभर्टनसँग बराबरी खेले ।  





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ७:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया