डा. तोसिमाको निर्वाचन आयोगलाई पत्र जुन चर्चामा छ

ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले भदौ २८ गते निर्वाचन आयोगलाई लेखेको पत्र अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । 

उनी नेपाल मेडिकल काउन्सिलकी सदस्य रहेको र त्यसमा सदस्य रहेका कारण उनले बैठक भत्ता बुझ्ने गरेको भन्दै निर्वाचन आयोगले शनिबार उनको उम्मेदवारी खारेज भएको सूचना प्रकाशन गरेको थियो ।

त्यसपछि डा. कार्कीले भदौ २८ गते निर्वाचन आयोगलाई यस विषयमा निक्र्योल गरिदिन अनुरोध गर्दै एक चिठी लेखेकी रहिछिन् ।

अहिले त्यही चिठी सामाजिक सन्जालमा हाल्दै प्रयोगकर्ताले डा. तोसिमामाथि निर्वाचन आयोगले गलत निर्णय गरेको आरोप लगाएका छन् ।

डा. तोसिमाले पत्रमा आफूले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनु पर्ने वा नपर्ने विषयमा निक्र्योल गर्न निर्वाचन आयोगलाई अनुरोध पनि त्यो पत्रमा गरेकी छिन् ।

निर्वाचन आयोगले शनिबार डा. तोसिमाले भत्ता लिने गरेकाले उनको उम्मेदवारी खारेज भएको सूचना प्रकाशन गरेको थियो ।



 



  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १०:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया