सोमालियामा कार बम विस्फोट, कम्तीमा १०० जनाको मृत्यु

सोमालियामा भएको कार बम विस्फोटमा कम्तीमा १ सय जनाले ज्यान गुमाएका छन् । स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको हो । 

विस्फोटमा परी ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । दुर्घटनास्थलको स्थलगत भ्रमणपछि सोमालियाका राष्ट्रपति हसन सेख मोहमदले विस्फोटमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । 

विस्फोटमा विद्यार्थी‚ व्यापारी‚ अभिभावक‚ बालबालिकासमेत परेको भन्दै राष्ट्रपति मोहमदले यसको जिम्मेवारी इस्लामिक समूह अल सबाबले लिनुपर्ने बताएका छन् । 

रोयटर्सका अनुसार हालसम्म यो घटनाको जिम्मा कसैले लिएको छैन ।   





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ११:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया