खगेन्द्र संग्रौला कांग्रेसी नेताहरुको गुरु हाे : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बागी लोकार्पण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् । 

साहित्यकार संग्रौला आफूसरहका कांग्रेसी नेताहरुको पनि गुरु भएकाले उनको जीवन र साहित्य रचनाबाट हरेक नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको थापाले बताए ।

आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको महामन्त्री थापाले बताए । साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बागी​ कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरु समेटेको पाएको उनले बताए । 

महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरुले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताए । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १७:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया