नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले गठबन्धनलाई कसरी बहुमत ल्याउने चिन्ता रहेको बताएका छन् ।
आइतबार प्रेस युनियनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भावी प्रधानमन्त्रीका बारेमा अहिलेसम्म गठबन्धनका बीचमा कुनै टुंगो नभएको बता ।
भावी प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बन्ने चर्चा रहेको भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘अहिले हाम्रो सम्पूर्ण ध्यान बढीभन्दा बढी सिट जितेर बहुमत ल्याउनेमा केन्द्रित छ, प्रधानमन्त्री को बन्ने भन्ने होइन ।’
कांग्रेसलाई ठूलो दल भनेर सबैले स्वीकार गरेका कारण पनि नयाँ सरकारको नेतृत्व कांग्रेसको हुनुपर्ने उनले बताए । कांग्रेस अहिले ९१ सिटमा र बाँकी गठबन्धन दल ७४ सिटमा चुनाव लड्दै छन् । कांग्रेस ठूलो दल हो भन्ने सबैले स्वीकार गरेको उनले बताए ।
कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिने उम्मेदवारले अझै पनि आफ्नो उम्मेदवारी निष्क्रिय बनाएमा पार्टीले उचित मूल्यांकन गरेर जिम्मेवारी दिने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।