भेरी नदीमा बेपत्ता दुई युवकको खोजी कार्य जारी

भेरी नदीमा पौडी खेल्ने क्रममा शनिबार बेपत्ता भएका वीरेन्द्रनगरका दुई युवा आइतबार अबेर साँझसम्म पनि फेला परेका छैनन् । 

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको गोताखोर समूहले बेपत्ता युवाहरुको आइतबार खोजी गरेको छ । 
 
वनभोजका क्रममा शनिबार भेरी नदी पुगेका वीरेन्द्रनगर–३ का युवाहरु दीपक थापा र चन्द्र बिसी भेरी नदीमा पौडिने क्रममा बेपत्ता भएका थिए । 

भेरीगंगा नगरपालिकाको सत्तरी क्षेत्रमा वनभोज गएका उनीहरु नदीमा पौडिने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
 
आइतबार वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि सहितको टोली उनीहरुको खोजी कार्यमा संलग्न थियो ।

‘गोताखोरद्वारा बेपत्ता भएका युवाहरुको खोजी कार्य भइरहेको छ’, वीरेन्द्रनगर–१० का वडा अध्यक्ष दिलबहादुर रखालले भने, ‘अहिलेको समयमा नदीको पानी धमिलो छ । युवाहरुले वनभोज खाएको स्थानदेखि नदी तलतिर गोताखोरले खोजिरहेका छन् । अहिलेसम्म फेला पर्न सकिएको छैन ।’





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १९:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया