लोकतन्त्र र परिर्वतनका लागि गठबन्धन : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ जनमत सम्हाल्न असफल भएको आरोप लगाएका छन् । 

आइतबार बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 

ओलीले संविधान मास्न खोजेको आरोप लगाउँदै मन्त्री पौडेलले अब लोकतन्त्र र परिर्वतनका लागि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । 

आफू मन्त्री भएपछि जिल्लाका अधिकांश विद्यालयको भौतिक संरचना बनेको बताउँदै उनले ५ वर्षको अवधिमा पूरा नभएका वाचाहरु अब पूरा गर्ने आश्वासन दिए । 

संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताउँदै उनले यो प्रणालीमा भएका कमीकमजोरी सच्याएर समाजवादउन्मुख राज्य प्रणालीमा जाने बताए । 

सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै उनले १२ कक्षासम्म शिक्षा निःशुल्क बनाउने आश्वासन दिए । 



बागलुङ–२ प्रदेश क का गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले बागलुङ दुईको विकासका लागि साझा गठबन्धनका उम्मेदवार एक भएर लाग्ने बताए । 

स्थानीय तह, प्रदेश र केन्द्रमा गठबन्धनको सरकार बन्ने दाबी गर्दै उनले बागलुङको विकासका लागि सहकार्य गरेर अघि बढ्ने बताए । 



  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १९:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया