नेपालमा थप २० जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा कसैको मृत्यु भएको छैन । 

हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै मुलुकमा पिसिआर परीक्षण गर्दा १० लाख ५५० जना र एन्टिजेन परीक्षण गर्दा एक लाख ५२ हजार १५५ जनामा कोरोना संक्रमण देखिएको छ । 

त्यसमध्ये नौ लाख ८७ हजार ९७९ जना निको भइसकेका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५५२ रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार २०:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया