गुजरातको मोरबीमा आइतबार साँझ एक झोलुंगे पुल चुँडिदा कम्तिमा ४ सय जना मच्छु नदीमा खसेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
भारतीय मिडियामा आएको समाचारअनुसार त्यहाँ कम्तिमा पनि ६० जनाको शव निकालिएको छ । यीमध्ये १० जनाभन्दा बढी बालबालिका भएको बताइएको छ ।
७० भन्दा बढी मानिसलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
६ महिनादेखि बन्द भएको यो पुल केही समयअघि मर्मत गरेपछि फेरि सर्वसाधारणका लागि खोलिएको थियो । आइतबार छुट्टी भएकाले पुलमा ५ सयभन्दा धेरै जना रहेको भारतीय मिडियाले जनाएका छन् ।
नदीमा खस्नेहरुको उद्धार कार्य सुरु भएको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।