शिशुलाई मह विष बराबर

महलाई निकै स्वस्थकर र पौष्टिक आहार मानिन्छ । डाक्टरहरु प्रायः सबैजसो रोगका लागि मह सेवन लाभदायक हुने बताउँछन् । पोषणका हिसाबले त यो अत्यन्तै उपयोगी खाद्यवस्तु हो । तर, २ वर्षमुनिका शिशुका लागि भने मह हानिकारक छ । 

महमा एक खतरनाक ब्याक्टेरिया पाइन्छ, जुन प्राणघातक रोग बोटुलिजमको कारण बन्न सक्छ । यो ब्याक्टेरियाले बयस्कलाई कुनै असर गर्न सक्दैन । तर, शिशुको नाजुक प्रतिरक्षा प्रणालीलाई भने नराम्ररी प्रभावित गर्छ, र शिशुलाई बिरामी पार्न सक्छ ।

यो ब्याक्टेरिया हरेक प्रकारको महमा रहन्छ, चाहे त्यो जुनसुकै स्रोतबाट लिइएको र जतिसुकै शुद्ध होस् । त्यसैले, दुई वर्षमुनिका शिशुलाई मह खुवाउन हुँदैन । 

त्यस्तै, माछा पनि हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यो हेल्दी फ्याट, प्रोटिन, भिटामिन र मिनरल्सको उत्तम स्रोत हो । तर, फाइदाका साथसाथै माछा खानुका केही बेफाइदा पनि छन् । शिशुका लागि त यो घातक नै हुन सक्छ ।

सबैजसो माछामा मर्करीको उल्लेख्य मात्रा रहन्छ । मर्करी मानव स्वास्थ्यका लागि खतरनाक धातु हो । यसले शरीरमा बायो–अकुमुलेसन हुन थाल्छ, जसबाट शरीरमा पोइजनिङको खतरा रहन्छ । 

मर्करीले सिधा स्नायु प्रणालीमा असर गर्छ । यसबाट शिशुको मानसिक विकासमा गम्भीर असर पर्छ । वयस्कमा उति असर नदेखाउने मात्राको मर्करीले पनि शिशुको विकासमा भने बाधा गर्न सक्छ । त्यसैले, साना बच्चालाई माछा खुवाउनु राम्रो होइन । 
 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार २२:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया