फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लियो आर्सनल

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । उसले नटिङ्घम फरेस्टविरुद्ध ५–० को जित हात निकालेको हो  ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलाई सहज जित दिलाउन रेइस नेल्सनले दुई तथा गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक–एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ४९ औं मिनेटमा नेल्सनले टोलीको अग्रता दोब्बर बनाए ।

 ५२ औं मिनेटमा नेल्सनले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ३–० ले अघि बढ्यो । ५७ औं मिनेटमा थोमसले टोलीका लागि चौथो गोल गरे ।

७८औं मिनेटमा ओडेगार्डले गोल गरेपछि आर्सनले ५–० को फराकिलो जित निकाल्यो । 

जितसँगै १२ खेलमा ३१ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिँदा पराजित फरेस्ट १३ खेलमा ९ अंकका साथ पुछारमा छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार ६:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया