मंसिर ४ पछि देशले नयाँ राजनीतिक बाटो समात्छ : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आइतबार पूर्वी नवलपरासी आएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।

वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होम्मिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे ।

‘मंसिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउँछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ,’ उनले भने । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार ७:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया